सांसद सुवालको प्रश्नः प्रधानमन्त्रीले देखाउने भनेको फिल्म कुन हो ? काठमाडौं, २६ वैशाख। नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले ‘प्रधानमन्त्रीले देखाउने भनेको फिल्म कुन हो?’भनेर प्रश्न गरेका छन्।मंगलबार प्रतिनिधिसभा बैठकमा सांसद सुवालले भने,‘नेपालीलाई भुटानी शरणार्थी बनाई अर्बौं ठगी गर्नेहरू को को हुन् प्रधानमन्त्रीज्यूले फिल्म देखाउने भन्नुभएको थियो। अहिले दाहालजी, देउवाजी र ओलीजीको भइरहेको मिटिङ त्यो फिल्म देखाउनकै लागि हो कि?’ उनले यस प्रकरणमा संलग्न व्यक्तिहरु सार्वजनिक गर्न माग गरे।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्