राज्यले भ्रष्टाचारका विरुद्ध फाइल मात्रै होइन फायर नै खोल्नुपर्छः विश्वप्रकाश शर्मा काठमाडौं, २६ वैशाख। नेपाली कांग्रेसका महामन्त्री तथा सांसद विश्वप्रकाश शर्माले भ्रष्टाचारको छानबिनको सन्दर्भमा राज्यले कठोरताका साथ अघि बढ्नु पर्ने बताएका छन्। प्रतिनिधिसभा बैठकमा आर्थिक वर्ष २०८०÷८१ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफलमा बोल्दै सांसद शर्माले पछिल्लो समय भ्रष्टाचारका फाइल खुलेको विषयलाई निष्कर्षमा पुर्याउनु पर्ने जनाए।उनले भने,‘भ्रष्टाचारका विरुद्ध फाइल मात्रै होइन फायर खोल्नुपर्छ। निर्दोष कोही फस्नुहुन्न,दोषी कोही बच्नु हुन्न।’
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्