सांघाईस्थित क्यानाडेली बाणिज्यदूत चीनबाट निष्कासित
बेइजिङ, २६ वैशाख। चीनले सांघाईस्थित एक जना क्यानाडेली कूटनीतिज्ञलाई निष्कासन गर्ने घोषणा गरेको छ। आफ्नो सांसदलाई धम्की दिएको आरोपमा क्यानडाले एक जना चिनियाँ कूटनीतिज्ञलाई निष्कासन गरेपछि चीनले बदलामा क्यानाडेली कूटनीतिज्ञलाई निष्कासन गर्ने घोषणा गरेको हो।मंगलबार चीनको विदेश मन्त्रालयले आफ्नो कूटनीतिक निष्कासनको कडा निन्दा गर्दै ‘पारस्परिक प्रतिकार्य’ स्वरुप सांघाईस्थित क्यानाडाको महाबाणिज्य दूतावावसकी बाणिज्यदूत जेनिफ लिन लालोन्डेलाई निष्कासन गर्ने घोषणा गरेको हो।
प्रतिक्रिया दिनुहोस्