सरकारले सामाजिक सुरक्षा भक्ता कटौती नगर्ने काठमाडौं, २६ वैशाख। अर्थमन्त्री डा. प्रकाशशरण महतले हाल वितरण भइरहेको सामाजिक सुरक्षा भत्ता कटौती नहुने बताएका छन्।मंगलबार राष्ट्रियसभामा बजेटका सिद्धान्त र प्राथमिकतामाथि उठेका प्रश्नहरुको जवाफ दिँदै उनले बोलिसकेका कुराबाट पछि नहट्ने भन्दै सुरक्षा भत्ता कटौती नगर्ने प्रतिवद्धता व्यक्त गरेका हुन्। उनले भने,‘सामाजिक सुरक्षाका विषयमा कतिपय आशंका उठेका छन्, तर हामीले प्रतिवद्धता गरेका सामाजिक सुरक्षाका विषयमा हामी प्रतिवद्ध छौं।त्यसलाई फूलफिल गर्छौं।’
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्