भ्रष्टाचार नियन्त्रणको नयाँ लडाइँ सुरु भएको प्रधानमन्त्रीको उद्घोष, भने– जनयुद्धमा जस्तै साथ चाहिन्छ
काभ्रे, २६ वैशाख। प्रधानमन्त्री पुष्पकमल दाहालले भ्रष्टाचार नियन्त्रणका लागि नयाँ लडाइँ सुरु भएको बताएका छन्।यो लडाइँका निम्ति जनयुद्धको जस्तै साथ सबैबाट पार्टी र आफूलाई चाहिएको उनले जनाए।काभ्रेको महाभारत गाउँपालिकामा सडक तथा ग्रामीण विद्युतीकरण कार्यक्रमको मंगलबार शिलान्यास गर्दै उनले विकास र समृद्धि बिना अन्यायको अन्त्य र समाजवादको नयाँ युग सुत्रपात गर्न नसकिने बताए।देशमा भ्रष्टाचारले विकराल रुप लिएको उनले उल्लेख गरे।
प्रतिक्रिया दिनुहोस्