अवैध रुपमा वैदेशिक रोजागारीमा गएकाहरुलाई एक पटकको लागि वैधता दिने सरकारको तयारी
काठमाडौं, २६ वैशाख। सरकारले अवैध तरिकाबाट वैदेशिक रोजगारीमा गएका नेपालीलाई एक पटकको लागि वैधता दिने तयारी थालेको छ। मंगलबार काठमाडौंमा आयोजित कार्यशाला गोष्ठीमा बोल्दै श्रम,रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले उक्त कुरा बताएका हुन्। अवैधानिक बाटो हुँदै वैदेशिक रोजगारीमा जाने श्रमीकहरु बढी शोषणमा परेको उनले जनाए। अवैधरुपमा गएकालाई एक पटकका लागि वैधता दिन सरकारले अभियानकै रुपमा काम थालेको उनले जनाए।
प्रतिक्रिया दिनुहोस्