एमाले सचिव टोपबहादुर रायमाझीको घरमा प्रहरीको छापा
काठमाडौं, २६ वैशाख। नेपाल प्रहरीले नेकपा एमालेका सचिव एवं सांसद टोपबहादुर रायमाझीको घरमा छापा हानेको छ। मंगलवार खुमलटार हाइटस्थित रायमाझीको घरमा प्रहरीले छापा हानेको हो। नक्कली शरणार्थी प्रकरणमा सचिव रायमाझीविरुद्ध प्रहरीले पक्राउ पुर्जी जारी गरेको थियो। पक्राउ पुर्जी जारी भएको एक हप्ता बितिसक्दासमेत उनी पक्राउ परेका छैनन्। यसैक्रममा आज प्रहरीले उनको घरमा छापा मारेको हो।
प्रतिक्रिया दिनुहोस्