अमेरिकी पूर्वराष्ट्रपति ट्रम्प यौन दुव्र्यवहार मुद्दामा दोषी ठहर, पीडित महिलालाई ५० लाख डलर क्षतिपूर्ति दिनुपर्ने न्युयोर्क, २७ वैशाख। न्युयोर्कको एक अदालतले अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पलाई यौन दुव्र्यवहार मुद्दामा दोषी ठहर गरेको छ। एक म्यागेजिनकी लेखिका ई. जीन कैरनलाई सन् १९९० मा यौन दुव्र्यवहार गरेको आरोप उनी माथि लागेको थियो। अदालतले ती महिलालाई ५० लाख अमेरिकी डलर क्षतिपूर्ति स्वरुप प्रदान गर्न पनि फैसला सुनाएको छ। तर ट्रम्पले बलात्कार गरेको आरोपलाई भने अदालतले अस्वीकार गरेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्