पूर्वगृहमन्त्री बालकृष्ण खाण आफ्नो निवासबाट पक्राउ काठमाडौं, २७ वैशाख। पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खाणलाई प्रहरीले पक्राउ गरेको छ। बुधबार विहान मैजुबहालस्थित निवासबाट प्रहरीले उनलाई पक्राउ गरेको हो। खाणका सहयोगी नरेन्द्र केसीलाई पनि प्रहरीले पक्राउ गरेको छ। नक्कली भुटानी शरणार्थी प्रकरणमा उनीहरुको नाम जोडिएपछि प्रहरीले अनुसन्धानको लागि उनीहरुलाई पक्राउ गरेको हो। यही प्रकरणमा नाम जोडिएका नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी भने फरार रहेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्