राप्रपालाई बोल्न दिने सहमतिपछि संसद् बैठक सुरु काठमाडौं, २७ बैशाख। राष्ट्रिय प्रजातन्त्र पार्टीको नाराबाजीपछि स्थगित भएको प्रतिनिधिसभा बैठक सुरु भएको छ। आकस्मिक समयमा बोल्न नपाएको भन्दै राप्रपाले वेलमा पुगेर नाराबाजी गरेपछि सभामुख देवराज घिमिरेले १५ मिनेटका लागि बैठक स्थगित गरेका थिए। राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनलाई बोल्न दिने सहमति भएपछि बैठक सुरु भएको हो। बैठक सुरु भएसँगै सभामुखले लिङ्देनलाई बोल्न समय दिएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्