एमाले सचिव टोपबहादुर रायमाझी निलम्बित
काठमाडौं, २७ वैशाख। नेकपा एमालेले सचिव टोपबहादुर रायमाझीलाई निलम्बन गरेको छ। नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएपछि एमालेले रायमाझीलाई निलम्बन गरेको हो। राज्यले गर्ने अनुसन्धानमा सहयोग पुगोस् भनेर अनुसन्धान र कानूनी कारबाही प्रक्रिया अन्तिम टुंगो नलागेसम्म रायमाझीलाई निलम्बन गरिएको एमाले महासचिव शंकर पोखरेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। रायमाझीविरुद्ध प्रहरीले पक्राउ पुर्जी जारी गरेको छ। उनी फरार छन्।
प्रतिक्रिया दिनुहोस्