खाण पक्राउ परेपछि कांग्रेसका युवा नेताहरुले दिए गृहमन्त्री श्रेष्ठलाई धन्यवाद
काठमाडौं, २७ वैशाख। नेपाली कांगेसका नेता एवम् पूर्वगृहमन्त्री बालकृष्ण खाण पक्राउ परेपछि कांग्रेसका नेताहरुले गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई भेटेर धन्यवाद दिएका छन्। कांग्रेस नेताहरु गुरुराज घिमिरे, मधु आचार्य, रञ्जीत कर्ण, भुपेन्द्रजङ्ग शाही, नरेश यादव, डा.गोविन्द पोखरेल सहितका ३० भन्दा बढी कांग्रेस नेताहरू बुधबार उपप्रधानमन्त्री श्रेष्ठलाई बधाई दिन पुगेका हुन्। उनीहरुले नक्कली शरणार्थी बनाएर अमेरिका पठाउने कार्य राज्यविरुद्धको अपराध भएको बताए।
प्रतिक्रिया दिनुहोस्