शीर्ष नेताबीचको भेटमा शरणार्थी प्रकरणबारे कुनै छलफल भएनः रमेश लेखक काठमाडौं, २७ वैशाख। नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले शीर्ष नेताहरुको भेटमा नक्कली भुटानी शरणार्थी प्रकरणमा छलफल नभएको बताएका छन्। सिंहदरबारमा बसेको तीन दलका शीर्ष नेताहरुको बैठकपछि लेखकले भने,‘बजेट, नीति तथा कार्यक्रमका बिषयमा केन्द्रित भएका छौं। बिषयगत समितिका सभापति,टीआरसी विधेयक,सुनुवाई समितिलगायको बिषयमा छलफल भयो।’ बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड,कांग्रेस सभापति शेरबहादुर देउवा,एमाले अध्यक्ष केपी शर्मा ओली,गृहमन्त्री नारायणकाजी श्रेष्ठलगायत सहभागि थिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्