आरजु राणाले दिईन् अडियोबारे छानविनका लागि प्रहरीमा निवेदन
काठमाडौं, २७ वैशाख। नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवं सांसद डा.आरजू राणा देउवाले नक्कली भुटानी शरणार्थी प्रकरणमा आफ्नो नाम जोडेर आएको अडियोबारे छानबिनका लागि प्रहरीको साइबर ब्युरोमा निवेदन दिएकी हुन्। मंगलवार आएको अडियो आफ्नो नभएको भन्दै उनले छानविन गरी दोषीलाई कारवाही गर्न प्रहरीकोमा निवेदन दिएकी हुन्।उनले अडियोका बारेमा अत्याधुनिक प्रविधि प्रयोग गरी सत्य तथ्य ब्यहोरा तत्काल सार्वजनिक गर्न अनुरोध गरेकी छन्।
प्रतिक्रिया दिनुहोस्