पूर्वगृहमन्त्री खाणलाई हिरासतमा राख्न चार दिन म्याद थप काठमाडौं, २७ वैशाख। पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई हिरासतमा राख्न चार दिन म्याद थप गरिएको छ। बुधबार बिहान चाबहिल मैजुबहालबाट पक्राउ परेका खाणलाई प्रहरीले काठमाडौं जिल्ला अदालतबाट चार दिन म्याद थप गरी हिरासतमा राख्न अनुमति पाएको हो। पूर्वमन्त्री खाणलाई हिरासतमा राखेर अनुसन्धान अघि बढाउन चार दिनको म्याद लिइएको महान्यायाधिवक्ता दीनमणि पोखरेलले जानकारी दिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्