तीन नेताबीच प्रहरी अनुसन्धानलाई ‘डिस्टर्ब’ नगर्ने सहमति भएको छः प्रधानमन्त्री दाहाल
काठमाडौं, २७ वैशाख। प्रधानमन्त्री पुष्पकमल दाहालले शीर्ष तीन नेताबीच शरणार्थी प्रकरणमा प्रहरीले गरिरहेको अनुसन्धानलाई कुनै बाधा नगर्ने सहमति भएको बताएका छन्। बुधबार सिंहदरबारमा एमालेका अध्यक्ष केपी शर्मा ओली र कांग्रेसका सभापति शेरबहादुर देउवासँगको छलफलपछि उनले दोषी कोही नछुटोस र निर्दोष कोही नपरोस् भन्नेमा तीन नेताबीच छलफल भएको जानकारी दिए।उनले भने, ‘प्रहरीले गरिरहेको अनुसन्धानमा डिस्टर्व नगरौँ भन्ने सहमति हामीबीच भएको छ।’
प्रतिक्रिया दिनुहोस्