भ्रष्टाचारीलाई कारबाहीको माग गर्दै काठमाडौंमा वृहत् नागरिक आन्दोलनको प्रदर्शन काठमाडौं, २७ वैशाख। वृहत् नागरिक आन्दोलनले नक्कली भुटानी शरणार्थी बनाउने र अन्य भ्रष्टाचारमा संलग्नलाई कारबाहीको माग गर्दै काठमाडौंमा प्रर्दशन गरेको छ।नागरिक अगुवाहरुले नक्कली शरणार्थाी प्रकरणमा संलग्न दोषीलाई छानबिन गरी कारबाहीको मागगर्दै प्रर्दशन गरेका हुन्। काठमाडौंको भद्रकालीमा भएको प्रर्दशनमा उनीहरुले अमेरिका लैजाने नाममा नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाउने र मानव तस्करी गर्ने गिरोहलाई संरक्षण नगर्न राजनीतिक नेतृत्वलाई खबरदारी पनि गरेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्