नक्कली भुटानी शरणार्थी प्रकरणः काँग्रेस पदाधिकारी बैठक बस्दै, खाण निलम्वन हुनसक्ने
काठमाडौं, २८ वैशाख। नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई पार्टीबाट निलम्वन गर्ने÷नगर्ने बिषय टुंगो लगाउन बिहीवार नेपाली कांग्रेस पदाधिकारी बैठक बस्दैछ। बैठक पार्टी सभापति शेरबहादुर देउवा निवास धुम्बराहीमा दिउँसो २ बजे बस्दैछ। खाण पक्राउ परेपछि कांग्रेसको पदाधिकारी बैठक बुधवार पनि बसेको थियो। तर, बैठकले खाणलाई निलम्वन गरेन। खाणलाई अहिले जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासत कक्षमा राखिएको छ।
प्रतिक्रिया दिनुहोस्