नेपाल भित्रने रेमिट्यान्समा २४.२ प्रतिशतले वृद्धि, नौ महिनामा भित्रियो ९ खर्बभन्दा बढी रकम काठमाडौं, २८ वैशाख। चालु आर्थिक वर्ष २०७९/८० को पहिलो नौ महिनामा नेपाल भित्रने रेमिट्यान्स २४.२ प्रतिशतले वृद्धि भएको छ। उक्त अवधिमा ९ खर्ब ३ अर्ब ३९ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको नेपाल राष्ट्र बैंकले जनाएको छ। अघिल्लो वर्षको सोही अवधिमा नेपाल भित्रने रेमिट्यान्स ०.२ प्रतिशतले घटेको थियो। अमेरिकी डलरमा नेपाल भित्रने रमेट्यान्स १३.९ प्रतिशतले वृद्धि भई ६ अर्ब ९२करोड पुगेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्