भ्रष्टाचारविरुद्ध सत्तारुढ गठबन्धनका विद्यार्थी संगठनको प्रदर्शन
काठमाडौं, २८ वैशाख। सत्तारुढ गठबन्धनका विद्यार्थी संगठनहरुले भ्रष्टाचारबिरुद्ध प्रदर्शन गरेका छन्। बिहीवार भ्रष्टाचारविरुद्धको अभियानलाई समर्थन गर्दै नेपाल विद्यार्थी संघ,अनेरास्ववियु क्रान्तिकारी र नेकपा(एकीकृत समाजवादी) निकट अनेरास्ववियुले विरोध गरेको हो। नक्कली भूटानी शरणार्थी प्रकरणबारे अनुसन्धान गरी भ्रष्टाचारीलाई कारबाहीको माग गर्दै विद्यार्थी संगठनहरुले भृकुटीमण्डपमा विरोध प्रदर्शन गरेका हुन्। अनेरास्ववियु क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंहले प्रधानमन्त्री पुष्पकमल दाहालले चलाएको अभियानलाई समर्थन गर्न प्रदर्शन गरेको बताइन्।
प्रतिक्रिया दिनुहोस्