मधेश प्रदेश सरकारको नेतृत्वमा लोसपाले दावी गर्छः महन्थ ठाकुर
काठमाडौं, २८ वैशाख। लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अध्यक्ष महन्थ ठाकुरले मधेश प्रदेश सरकारको नेतृत्व परिवर्तन गरि सरकार पुर्नःगठन हुनुपर्ने बताएका छन्। बिहीवार जनकपुरधाममा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले गठबन्धनको मर्म र उपचुनाव अगाडि भएको सम्झौता बमोजिम मधेश प्रदेशमा लोसपालाई नेतृत्व दिनुपर्ने जनाए। फरक प्रसंगमा उनले नक्कली भुटानी सणनार्थी प्रकरणको छानविन भइरहेकाले सबैले सहयोग गर्नुपर्ने बताए।
प्रतिक्रिया दिनुहोस्