शरणार्थी प्रकरणको सबै नेक्ससलाई कारबाहीको दायरामा ल्याउँछौंः गृहमन्त्री श्रेष्ठ काठमाडौं, २८ वैशाख। गृहमन्त्री नारायणकाजी श्रेष्ठले नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भनेर ठगी गर्ने गिरोहको सबै नेक्ससलाई कारबाहीको दायरमा ल्याइने बताएका छन्। बिहीबार नेकपा एसका नेता तथा जनवर्गीय संगठनका नेताहरूसँगको छलफलमा उनले दोषीलाई कुनै पनि हालतमा नछाड्ने र निर्दोष कुनै पनि हालतमा नफस्ने जनाए। ‘निर्दोष कुनै पनि हालतमा पर्ने छैनन्, दोषी कुनै पनि हालतमा छुट्ने छैनन्,’ श्रेष्ठले भने।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्