शरणार्थी प्रकरणबारे तथ्य–प्रमाण सहित ४ गते संसदमा बोल्छुः अध्यक्ष ओली काठमाडौं, २८ वैशाख। नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले भुटानी शरणार्थी प्रकरणबारे आफू संसद्मा बोल्ने बताएका छन्।बिहीबार काठमाडौंमा बसेको केन्द्रीय कमिटीको बैठकमा बोल्दै उनले शरणार्थी प्रकरणबारे कुराहरू जेठ ४ गतेको संसद् बैठकमा बोल्ने बताएका हुन्। ‘कुन शरणर्थीका नाममा कहाँको को मान्छे नक्कली शरणार्थी बनाएर पठाइयो? कसले पठायो? को संलग्न छ? भन्ने तथ्यसहित संसदमा जानकारी गराउने कोसिस गर्नेछु,’उनले भने।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्