खेल पूर्वाधारका लागि राखेप र कागेश्वरी मनोहरा नगरपालिकाबीच सम्झौता
काठमाडौं, २९ वैशाख। कागेश्वरी मनोहरा नगरपालिकालाई खेलकुद नगरी बनाउन राष्ट्रिय खेलकुद परिषद्(राखेप) र कागेश्वरी मनोहरा नगरपालिकाबीच सम्झौता भएको छ। विभिन्न खेलका पूर्वाधार निर्माण, खेलकुदका गतिविधि सञ्चालर्ने, विभिन्न प्रशासनिक र प्राविधिक विषयमा सहयोग आदान–प्रदान गर्ने विषयमा राखेप र नगरपालिकाबाीच सम्झौता भएको हो। राखेपका तर्फबाट सदस्य–सचिव टंकलाल घिसिङ र कागेश्वरी मनोहरा नगरपालिकाका तर्फबाट मेयर उपेन्द्र कार्कीले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्।
प्रतिक्रिया दिनुहोस्