कुल विदेशी विनिमय सञ्चितिमा १७.९ प्रतिशतले वृद्धि, पुग्यो १४ खर्ब ३३ अर्बभन्दा माथि
काठमाडौं, २९ वैशशाख। नेपाल राष्ट्र बैंकले कुल विदेशी विनिमय सञ्चितिमा १७.९प्रतिशतले वृद्धि भएको जनाएको छ। राष्ट्र बैंकका अनुसार २०७९असार मसान्तमा विदेश विनिमय सञ्चिति १२खर्ब १५अर्ब ८०करोड रुपैयाँ बराबर रहेको थियो। २०७९चैत मसान्तसम्म आइपुग्दा यो रकम बढेर १४खर्ब ३३अर्ब ७३करोड पुगेको छ। अमेरिकी डलरमा यस्तो सञ्चिति २०७९असार मसान्तमा ९अर्ब ५४करोड रहेकोमा चैत मसान्तमा १४.८प्रतिशतले वृद्धि भई १०अर्ब ९४करोड कायम भएको छ।
प्रतिक्रिया दिनुहोस्