सहुलियतपूर्ण ऋण १ लाख ४७ हजारभन्दा बढीलाई प्रवाह, बक्यौता २ खर्ब ५ अर्बभन्दा बढी
काठमाडौं, २९ वैशाख। नेपाल राष्ट्र बैंकले २०७९ चैत मसान्तसम्ममा १ लाख ४७ हजार ८ सय ७ ऋणीलाई सहुलियतपूर्ण ऋण प्रवाह भएको जनाएको छ। राष्ट्र बैंकका अनुसार २ खर्ब ५ अर्ब ११ करोड रुपैयाँ सहुलियतपूर्ण कर्जा बक्यौता रहेको छ। यसमध्ये कृषि तथा पशुपंक्षी व्यवसाय कर्जा अन्तर्गत ६१ हजार २ सय ऋणीलाई १ खर्ब ३९ अर्ब ६५ करोड कर्जा बक्यौता रहेको छ।
प्रतिक्रिया दिनुहोस्