सरकार अन्तर्राष्ट्रिय साझेदारहरूसँग काम गर्न प्रतिबद्ध छः प्रधानमन्त्री दाहाल
काठमाडौं, २९ वैशाख। प्रधानमन्त्री पुष्पकमल दाहालले सरकार विदेशी लगानी आकर्षित गर्न र नेपालका अन्तर्राष्ट्रिय साझेदारहरूसँग काम गर्न प्रतिबद्ध रहेको बताएका छन्। काठमाडौंमा आयोजित अन्तर्राष्ट्रिय सम्मेलनलाई शुक्रबार सम्बोधन गर्दै उनले नेपालमा प्रत्यक्ष वैदेशिक लगानी प्रवद्र्धन सुदृढ गर्नको लागि समय आएको पनि बताए। विकास प्रयासहरूमा वित्तीय संस्था र निजी क्षेत्रसँग प्रभावकारी साझेदारी गर्न उत्सुक रहेको उनले जनाए।
प्रतिक्रिया दिनुहोस्