परियोजनाहरूलाई नाफामुखी बनाउनेतर्फ सरकारको ध्यान केन्द्रित छः अर्थमन्त्री महत
काठमाडौं, २९ वैशाख। अर्थमन्त्री डा.प्रकाशशरण महतले परियोजनाहरूलाई नाफामुखी बनाउनेतर्फ सरकारको ध्यान केन्द्रित रहेको बताएका छन्। शुक्रवार काठमाडौंमा आयोजित लगानी बोर्डको कार्यक्रमलाई सम्बोधन गर्दै उनले परियोजनाहरूलाई नाफामुखी बनाउनेतर्फ केन्द्रित गर्दा निजी र विकास क्षेत्रलाई सामेल गर्ने अवसर मिल्ने उनले जनाए। देशलाई राष्ट्रिय गौरव र रणनीतिक परियोजनाहरू सञ्चालन गर्न सक्षम बनाउने अवसरहरू सिर्जना गर्न आवश्यक रहेको समेत उनले बताए।
प्रतिक्रिया दिनुहोस्