उपप्रधानमन्त्री श्रेष्ठद्वारा बग्गीखानाको अनुगमन, सवारी साधन कवाडीमा परिणत हुन नदिने काठमाडौं, २९ वैशाख। उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले काठमाडौंको रामशाहपथस्थित बग्गीखानाको अनुगमन गरेका छन्। नविकरण खारेज भएका र चोरीका सवारी साधनहरु कवाडीमा परिणत भईरहेका बेला उनले शुक्रबार बिहान काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा पुगी ती सवारी साधनको अवस्थाबारे जानकारी लिएका हुन्। त्यस्ता सवारी साधनहरु लिलामी गर्न मिल्ने गरी कानुनी व्यवस्था गरिदिन ट्राफिक प्रहरीले मन्त्रीसँग अनुरोध गरेको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्