राप्रपाले प्रधानमन्त्रीलाई बुझायो ज्ञापनपत्रः २०४६ पछिका सबै उच्च पदस्थ नेता कर्मचारीको सम्पति छानविनको माग
काठमाडौं, २९ वैशाख। राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)ले नक्कली भुटानी शरणार्थी प्रकरण लगायतका भ्रष्टाचारजन्य क्रियाकलापमा संलग्न सबै माथि छानविन गरि कारवाही गर्न माग गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाललाई ज्ञापनपत्र बुझाएको छ। राप्रपाले शुक्रबार प्रधानमन्त्री दाहाललाई उनकै कार्यकक्षमा ज्ञापनपत्र बुझाउँदै उक्त माग गरेको हो। ज्ञापनपत्रमा २०४६ पछिका सबै उच्च पदस्थ नेता कर्मचारीको सम्पति छानविन गरी अवैध सम्पति जफत गर्न माग गरिएको छ।
प्रतिक्रिया दिनुहोस्