काठमाडौं उपत्यकाको फोहोरको दिगो व्यवस्थापनका लागि प्रधानमन्त्री छलफलमा
काठमाडौं, २९ वैशाख। प्रधानमन्त्री पुष्पकमल दाहालले सिंहदरबारमा काठमाडौं उपत्यकाको फोहोर मैलाको दिगो व्यवस्थापनका विषयमा सरोकारवाला निकायहरुसँग छलफल गरेका छन्। बैठकमा उपत्यकाको फोहोर, ट्राफिक व्यवस्थापन र देशैभर फैलिएको डेंगु नियन्त्रण कसरी गर्ने भन्नेबारे छलफल भईरहेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ। बैठकमा प्रधानमन्त्री, अर्थमन्त्री, गृहमन्त्री, भौतिक पूर्वाधारमन्त्री, संघिय मामिला मन्त्री, शहरी विकासमन्त्री, बञ्चरेडाँडा ल्याण्डफिल्ड साइट प्रभाविति सहजीकरण समितका सदस्यहरु सहभागी रहेका छन्।
प्रतिक्रिया दिनुहोस्