गण्डकी सरकारले पूर्णता पायो, थप चार मन्त्रीले लिए शपथ पोखरा, २९ वैशाख। गण्डकी प्रदेशमा मन्त्रिपरिषद्ले पूर्णता पाएको छ। शुक्रबार थप ४ मन्त्री नियुक्त गरेसँगै गण्डकी प्रदेश सरकारले पूर्णता पाएको हो। नेपाली कांग्रेसबाट ३ र नेकपा (माओवादी केन्द्र)बाट एक मन्त्री बनेका हुन्। कांग्रेसबाट नवलपुरका महेन्द्रध्वज जिसी, बागलुङका दीपेन्द्रबहादुर थापा, जित प्रकाश आलेमगर र माओवादीबाट रेशमबहादुर जुग्जाली मन्त्री बनेका छन्। नवनियुक्त मन्त्रीहरूलाई गण्डकी प्रदेशका प्रदेश प्रमुख पृथ्वीमान गुरूङले शपथग्रहण गराएका हुन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्