तीन शीर्ष नेता शरणार्थी प्रकरण सामसुम पार्ने प्रयासमा रहेका रवि लामिछानेको आरोप काठमाडौं, ३० बैशाख। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले तीन ठूला दलका शीर्ष नेता मिलेर नक्कली शरणार्थी प्रकरण सामसुम पार्ने प्रयास भइरहेको आरोप लगाएका छन्। शनिबार भक्तपुरको सूर्यविनायक नगरपालिकामा रास्वपाका कार्यकर्ताहरूलाई सम्बोधन गर्दै लामिछानेले नक्कली शरणार्थी प्रकरणमा ठूला नेताहरु पक्राउ पर्नु र पार्टीबाट निलम्बनमा पर्नुमा आफूहरुको भूमिका रहेको दाबी गरे। उनले आफ्नो पार्टीको उदयका कारण अन्य दलहरु दबावमा परेको बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्