पार्टीसँग मदन राईको कुनै सम्बन्ध छैन : रास्वपा
काठमाडौं, ३० बैशाख। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले यौन दुव्र्यवहारको आरोपमा पक्राउ परेका खोटाङका मदन राईसँग पार्टीको कुनैपनि सम्बन्ध नरहेको स्पष्ट पारेको छ। पार्टीका प्रवक्ता डा मुकुल ढकालद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा राईले किशोर किशोरीमाथि गरेको यौन दुर्व्यवहार निन्दनीय भएको समेत जनाइएको छ। आफूलाई कृषिविज्ञका रुपमा चिनाउँदै राईसँग जाडेर आएका प्रतिक्रियाप्रति गम्भीर ध्यानाकर्षण भएको पनि रास्वपाले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्