भ्रष्टाचारका धेरै काण्ड लाइनमा छन्, सबैको अनुसन्धान हुनुपर्छ : रवि लामिछाने
काठमाडौं, ३० वैशाख। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिटानेले एउटा काण्डको छानबिन गर्दैमा सरकारको नै सफलता भन्न नसकिने बताएका छन्।काठमाडौंको नक्सालमा नागरिक अगुवाहरु मिलेर भ्रष्टाचार र भ्रष्टाचार ढाकछोपविरुद्ध बृहत आन्दोलनमा पत्रकारहरुसँग कुरा गर्दै उनले लाइनमा रहेका अन्य धेरै काण्डहरुको अनुसन्धान भए सरकारको सफलता मान्न सकिने प्रष्ट पारे। शरणार्थी काण्डलाई शुरुवाती बिन्दु मानेको भए सरकारलाई धन्यवाद दिनुपर्ने उनको भनाइ छ।
प्रतिक्रिया दिनुहोस्