नक्कली भुटानी शरणार्थी प्रकरणमा कांग्रेस नेता आङटावा शेर्पाविरुद्ध पक्राउ पुर्जी जारी
काठमाडौं, ३१ वैशाख। नक्कली भुटानी शरणार्थी प्रकरणमा नेपाली कांग्रेसका नेता आङटावा शेर्पाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ। पूर्व गृहमन्त्री बालकृष्ण खाणलाई बचाउन लागि परेको र शरणार्थी प्रकरणमा थुनामा रहेका विचौलियाहरुलाई भेटेको आरोप लागेका शेर्पाविरुद्ध जिल्ला अदालत काठमाडौंले आज विहान पक्राउ पुर्जी जारी गरेको हो। प्रहरीले अपहदृ शेर्पालाई खोजीरहेको छ। शेर्पा २०७०सालमा रामेछाप–१बाट संविधानसभा सदस्यमा निर्वाचित भएका थिए।
प्रतिक्रिया दिनुहोस्