प्रधानमन्त्री दाहाल, कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओली छलफलमा
काठमाडौं, ३१ वैशाख। प्रमुख दलका शीर्ष तीन नेताहरुबीच छलफल जारी छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी छलफलमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांंग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सहभागी छन्। उनीहरुबीच नक्कली भुटानी शरणार्थी प्रकरण र समयसामयिक विषयमा छलफल भइरहेको बताइएको छ।
प्रतिक्रिया दिनुहोस्