संसदलाई प्रभावकारी बनाउन तीन दलका नेता र प्रमुख सचेतक सकारात्मक
काठमाडौं, ३१ वैशाख। प्रधानमन्त्री पुष्पकमल दाहालको आव्हानमा संघीय संसदमा प्रतिनिधित्व गर्ने तीन ठूला दलका संसदीय दलका नेता र प्रमुख सचेतकहरूबीच छलफल भएको छ।आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा जारी संसद अधिवेशनलाई प्रभावकारी बनाउने विषयमा केन्द्रित रहेको माओवादी केन्द्रका मुख्य सचेतक हितराज पाण्डेले जानकारी दिए।बैठकमा टीआरसी सम्बन्धि विधेयकलाई छिटो टुंगोमा पु¥याउन संसदीय उपसमिति गठन गर्ने विषयमा पनि छलफल भएको थियो।
प्रतिक्रिया दिनुहोस्