पूर्व गृहमन्त्री रामबहादुर थापाका छोरा प्रतिकविरुद्ध पक्राउ पुर्जी जारी काठमाडौं, ३१ वैशाख। पूर्व गृहमन्त्री रामबहादुर थापाका छोरा प्रतिक थापाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ। भुटानी शरणार्थीको कोटामा नेपालीलाई अमेरिका पठाउने नाममा भएको ठगी प्रकरणमा प्रतिकको संलग्नता देखिएको भन्दै उनीविरुद्ध आइतवार अदालतले पक्राउ पुर्जी जारी गरेको हो। नेकपा (एमाले)का उपाध्यक्ष थापा गृहमन्त्री हुँदा गिरोहले भुटानी शरणार्थीको कोटामा अमेरिका पठाउने धन्दा सुरु गरेका थिए। सोहि प्रकरणमा अहिले १२ जना थुनामा छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्