सरकारी वकिल कार्यालयमा बालकृष्ण खाणको बयान सुरु
काठमाडौं, १ जेठ। नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाणको सोमबारदेखि बयान सुरू भएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले उनलाई बयानका लागि बबरमहलस्थित सरकारी वकिलको कार्यालयमा पुर्याइसकेको छ। अहिले उनको बयान चलिरहेको छ।यसअघि पक्राउ परेका ११ जनाको बयान सकिएसँगै खाणको बयान सुरु भएको हो। खाणलाई हिजो मात्रै थप ४ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको थियो।
प्रतिक्रिया दिनुहोस्