आजदेखि एमडीएमएस प्रणाली लागू, दर्ता नभएका मोबाइल नचल्ने काठमाडौं, १ जेठ। आजदेखि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम(एमडीएमएस) लागू भएको छ। यो सँगै अबदेखि नेपाल भित्रिने मोबाइललाई एमडीएमएस प्रणालीमा अनिवार्य दर्ता गर्नुपर्ने छ। प्रणालीमा दर्ता नभएका मोबाइलको ‘नेटवर्क लक’ गरिने नेपाल दूरसञ्चार प्राधिकरणले जनाएको छ। आधिकारिक बिक्रेताले विदेशबाट भित्र्याउने मोबाइल स्वतस् एमडीएमएसमा दर्ता हुन्छन् भने वैदेशिक रोजगारी र अध्ययन गर्न गएकाले ल्याएका मोबाइल अब दर्ता गर्नुपर्ने भएको हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्