आजदेखि चिकित्सकको परामर्श शुल्क बढ्यो, ४२० देखि ९४० रुपैयाँ सम्म तोकियो
काठमाडौं, १ जेठ। नेपाल चिकित्सक सङघ र एशोसिएशन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन नेपाल (अफिन)ले आजदेखि लागू हुने गरी चिकित्सकको परामर्श सेवा शुल्क बढाएको छ। संघका महासचिव डा सञ्जीव तिवारीले आजदेखि लागू हुने गरी चिकित्सकको परामर्श शुल्क पहिलेको शुल्कमा १४ प्रतिशत बढाइएको जानकारी दिए। चिकित्सकको नयाँ परामर्श शुल्क ४२० रुपैयाँ देखि ९४० रुपैयाँ सम्म तोकिएको तिवारीले बताए।
प्रतिक्रिया दिनुहोस्