एमालेले सरकारसँग माग्यो नक्कली भुटानी शरणार्थीको प्रकरणबारे प्रगति विवरण
काठमाडौं, १ जेठ। प्रमुख प्रतिपक्षी नेकपा एमालेले सरकारसँग नक्कली भुटानी शरणार्थीको प्रकरणबारे प्रगति विवरण माग गरेको छ।प्रतिनिधि सभाको सोमबारको बैठकको आकस्मिक समयमा बोल्दै सांसद ठाकुर गैरेले नक्कली शरणार्थी प्रकरणमा भएको सत्यतथ्य सदनमा जानकारी गराउन माग गरेका हुन्। उनले भ्रष्टाचार सम्बन्धी खोलिएको फाइलबारे भएको अनुसन्धानबारे सदनलाई जानकारी दिन किन ढिलाइ गरेको भनी प्रश्न समेत गरे ।
प्रतिक्रिया दिनुहोस्