पूर्वउपप्रधानमन्त्री रायमाझीलाई म्याद थपका लागि अदालत लगियो
काठमाडौं, १ जेठ। भुटानी शरणार्थी प्रकरणसम्बन्धी अपराधमा तानिएका नेकपा एमाले नेता टोपबहादुर रायमाझीलाई म्याद थपका लागि काठमाडौं जिल्ला अदालत लगिएको छ। काठमाडौं प्रहरी परिसरबाट केही बेरअघि उनलाई सरकारी वकिलको कार्यालयमा उपस्थित गराइ म्याद थपका लागि अदालत लगिएको हो। वैशाख २० मा पक्राउ पुर्जी जारी भएपछि फरार रहेका उनलाई प्रहरीले आइतबार साँझ काठमाडौंको बूढानीलकण्ठस्थित पासीकोटबाट पक्राउ गरेको थियो।
प्रतिक्रिया दिनुहोस्