टोपबहादुर रायमाझीलाई ३ दिन हिरासतमा राख्न अदालतको अनुमति काठमाडौं, १ जेठ। काठमाडौं जिल्ला अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई ३ दिन प्रहरी हिरासतमा राख्ने अनुमति दिएको छ। जिल्ला अदालत काठमाडौंमा न्यायाधीश केशवप्रसाद अधिकारीको इजलासले रायमाझीलाई ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो। वैशाख २०मा पक्राउ पुर्जी जारी भएपछि फरार रहेका रायमाझी आइतबार काठमाडौंको बुढानीलकण्ठबाट पक्राउ परेका थिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्