सभामुखले सदनलाई सुनाए टोपबहादुर रायमाझी पक्राउ परेको सूचना
काठमाडौं, १ जेठ। सभामुख देवराज घिमिरेले सांसद टोपबहादुर रायमाझी पक्राउ परेको सूचना प्रतिनिधिसभा बैठकमा सुनाएका छन्। रायमाझीलाई नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने ठगी प्रकरणमा संलग्न भएको आशंकामा अनुसन्धानका लागि पक्राउ गरिएको हो। सभामुख घिमिरेले ठगी तथा संगठित अपराधसम्बन्धी मुद्दामा अनुसन्धानका क्रममा वैशाख ३१ गते रायमाझीलाई बुढानीलकण्ठबाट प्रहरीले पक्राउ गरेर हिरासतमा राखेको सदनलाई जानकारी गराएका हुन्।
प्रतिक्रिया दिनुहोस्