कांग्रेस र कम्युनिस्टको विकल्प राप्रपा मात्रै होः राजेन्द्र लिङ्देन काठमाडौं, १ जेठ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले कांग्रेस र कम्युनिस्टको विकल्प राप्रपाबाहेक अरु बन्न नसक्ने दाबी गरेका छन्। सोमबारदेखि सुरु भएको केन्द्रीय कार्यसमिति बैठकमा राजनीतिक प्रतिवेदन पेश गर्दै लिङ्देनले जनताले वर्तमान नेतृत्वको विकल्प खोजेको जिकिर गरेका हुन्। वैचारिक र व्यवहारिक दुबै दृष्टिले राप्रपाबाहेक अरू कुनै पार्टी कांग्रेस र कम्युनिस्टको विकल्प बन्न नसक्ने उनले दाबी गरेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्