सरकारको नीति तथा कार्यक्रम जेठ ५ गते प्रस्तुत हुने काठमाडौं, जेठ २। सरकारले जेठ ५ गते नीति तथा कार्यक्रम ल्याउने तयारी गरेको छ। मंगलबार बिहान सभामुख देवराज घिमिरे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न प्रधानमन्त्री निवास बालुवाटार गएका थिए। सो भेटमा संसद् बैठक, सरकारको नीति तथा कार्यक्रम र बजेटबारे छलफल भएको थियो। भेटमा प्रधानमन्त्री प्रचण्डले भनेका थिए,‘सरकारले जेठ ५ गते नीति तथा कार्यक्रम प्रस्तुत गर्ने तयारी गरेको जानकारी गराउँदछु।’
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्