नक्कली भुटानी शरणार्थी प्रकरणमा मिडिया र सामाजिक सञ्जाल ट्रायल भयो : कांग्रेस
काठमाडौं, २ जेठ। नेपाली कांग्रेसले नक्कली भुटानी शरणार्थी प्रकरणमा मिडिया र सामाजिक सञ्जाल ट्रायल भइरहेको आरोप लगाएको छ। मंगलबार पत्रकार सम्मेलन गर्दै कांग्रेस प्रवक्ता एवं अर्थमन्त्री प्रकाशशरण महतले शरणार्थी प्रकरण गम्भीर विषय भएकाले पार्टीले गम्भीर रूपमा लिएको बताए। घटनाको अनुसन्धान जारी रहेपनि मिडिया र सामाजिक सञ्जाल ट्रायल भइरहेको उनको दाबी थियो। यसप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको पनि उनले बताए।
प्रतिक्रिया दिनुहोस्