हावाहुरीले देशभरका प्रसारणलाइनमा क्षति, अधिकांश स्थानमा विद्युत् वितरणमा अवरोध
काठमाडौं, २ जेठ। आइतबार रातिदेखि सुरु भएको हावाहुरीले देशभरका विद्युत् वितरणमा अवरोध सिर्जना गरेको छ। विद्युत् प्राधिकरणका अनुसार आइतबार बेलुका र सोमबार बेलुका आएको हावाहुरीका कारण देशभरको वितरण प्रणालीमा अवरोध उत्पन्न भएको हो। हाल क्षेत्रीय र स्थानीय प्रसारणलाइनमा समस्या आउँदा देशभरका अधिकांश स्थानमा लोडसेडिङ भइरहेको छ।देशका कति ठाउँका वितरण प्रणालीमा समस्या आएको भन्नेबारे आधिकारिक तथ्याङ्क नआइसकेको प्राधिकरणले बताएको छ।
प्रतिक्रिया दिनुहोस्